काठमाडौं, चैत ४ । केशर बहादुर विष्टले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा नबस्ने घोषणा गर्नुभएको छ ।
राजावादी पक्षधरहरूले आइतबार राजधानीमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गरी समितिमा आफ्नो नाम पनि राखेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन। बिष्टले भन्नुभयो, ‘उहाँहरूले समिति बनाउनुभएछ। तर म यो समितिमा बस्दिनँ।’
राजावादीहरूले गठन गरेको निर्देशक समितिमा नवराज सुवेदी (संयोजक), सदस्यहरुमा अस्मिता भण्डारी, कमल थापा, केबरबहादुर विष्ट, दुर्गा प्रसाई, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, रविन्द्र मिश्र, राजेन्द्र लिङ्देन र हरिबहादुर बस्नेतको नाम प्रस्तावित गरेको छ। यस्तै सदस्य सचिवमा भने रविन्द्र मिश्रको नाम रहेको छ ।
हालैको समयमा श्रीलड़का, बङगलादेश र सिरीयामा सत्ताशीनहरूले सडकमा मुखरित भएको व्यापक आवाजलाई न्यूनिकरण गर्न र दबाउन खोज्दा ती देशहरूमा जस्तो परिस्थितिको निर्माण भएको उनीहरूको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्