काठमाडौं, कात्तिक ११ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटबार्ता भएको हो ।
अजरबैजानको बाकुमा सम्पन्न असंलग्न राष्ट्रहरुको अठारौं सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली स्वदेश फर्कुनुभएपछि अध्यक्षद्वयबीच यो पहिलो छलफल हो । सो अवसरमा पार्टी एकताको बाँकी काम, आगामी मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
स्रोतका अनुसार दुई अध्यक्षबीच अव चाँडो भन्दा चाँडो पार्टी एकताको बाँकी कामलाई पुर्णता दिने सहमति भएको छ । पार्टी एकता भएको डेढ बर्षबितिसक्दा पनि नेकपाको साँगठानिक एकतालेपुर्णता पाउन सकेको छैन । अव थप बिलम्ब नगरी काम टुंगो लगाउने ओली र प्रचण्डको योजना छ ।
प्रतिक्रिया दिनुहोस्