जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १०:०८

यी ‘माननीय’हरु : जो प्रहरी हिरासत र जेलमा मनाउन बाध्य छन यसपालीको तिहार र छठ


काठमाडौं, कात्तिक १२ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन आज भाइटीका । आज देशैरर दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दैछन । यसपटकको तिहार बिगतका बर्ष भन्दा भिआइपीहरु बढी नै प्रहरी हिरासत वा कारागारमा मनाउन बाध्य भएका छन ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले बिधिकोशासन कायम गर्दै पद वा प्रतिष्ठाका आधारमा उन्मुक्ति नदिने नीति लिएपछितात्कालिन सभामुखदेखि माननीय सदस्यहरुसम्म प्रहरी हिराशतमा पुगेका छन । यस पटक हिरासतमा तिहार मनाउन बाध्य हुने सवैभन्दा उच्च ब्यक्ति कृष्णबहादुर महरा (सभामुख निवासबाटै सोझै हिरासत) छन ।

यी हुन हिरासत र जेलमा तिहार मनाउने भिआइपी

कृष्णबहादुर महरा, निवर्तमान सभामुख

संसद सचिवालयमै कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा छन् । हिरासतमै रहँदा बिरामी परेपछि उनी नर्भिक अस्पतालमा उपचाररत छन । उनको दसैं पनि यस बर्ष हिरासतमै बित्यो । तिहार पनि प्रहरी हिरासतमै बितेको छ । महरा परिवारलाई यस बर्षको तिहारमा शोक परेको छ । महरा गत असोज १९ गते पक्राउ परेका हुन।

आफताव आलम, पूर्वमन्त्री

प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफिब आलम जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत छन् । बाह्र बर्ष अघि आफैले घटाएको बम काण्डमा छानविनका लागि उनी पक्राउ परेका हुन । उनकोचाडवाड पनि हिरासतमै बित्ने भएको छ । २०६४ सालको संविधानसभाको चुनावको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । आलमको घर नजिकैको स्थानमा बिस्फोट हुँदा केही व्यक्तिहरु घाइते भएका थिए । बिस्फोटमा परी कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको यकिन भएको थिएन । तर, सरुअठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको भन्दै दुवैजनाको परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्मद अफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सेराजविरुद्ध किटानी जाहेरी दिएका थिए ।  पूर्वश्रममन्त्रीसमेत रहेका आलमलामलाई आठजनालाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

रेशमलाल चौधरी, सांसद

कलैली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरी जेलमा छन् । काठमाडौंको डिल्ली बजार कारागारमा रहेका चौधरीले कारागारमै लक्ष्मी पूजा गरे । भाइटीका पनि कारागारमै लगाउने चौधरीको भनाई छ ।  २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नौजनाको ज्यान जाने गरी भएको घटनामा सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गरी थुनामा राख्न आदेश दिएका हो । टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । उक्त घटनामा चौधरीलाई मुख्य अभियुक्तका रुपमा लिएको छ ।

पूर्वराज्यमन्त्री सञ्जय साह 

यसैगरी धनुषाबाट दुई पटक सांसद बनेका सञ्जय साह ‘टकला’ पनि कारागारमै तिहार र छठ मनाउदै छन । जनकपुरमा पाँच जनाको ज्यान जाने गरी भएको बम काण्डमा पूर्वसांसद तथा पूर्वराज्यमन्त्री टकलालाई जिल्ला अदालतले धनुषाले दोषी ठहर गरेको थियो । उनी अहिले ललितपुर नख्खु जेलमा कैद भुक्तानी गरिरहेका छन् ।
मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ वैशाख १८ गते बम विस्फोट भएको थियो । जसमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दाससहित पाँच जनाको ज्यान गएको थियो । ३२ जना घाइते भएका थिए । यस घटनामा टकलालाई मुख्य योजनाकारको रुपमा अदालतले दोषी ठहर गरेको छ ।

टकला पहिलो र दोस्रो संविधानसभा चुनावमा धनुषाबाट निर्वाचित भएका थिए । पहिलो संविधानसभा चुनावमा मधेसी जनाधिकार फोरम नेपालबाट विजयी भएका उनी दोस्रो संविधानसभामा राजेन्द्र महतोको नेतृत्वमा रहेको तत्कालीन सद्भावना पार्टीबाट विजयी भएका थिए ।
पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत बनेका थिए ।

डिबी कार्की, संविधानसभा सदस्य

अदालतले घुसकाण्डमा दोषी ठहर्‍याएका पूर्वसभासद् डोलबहादुर (डिबी) कार्की पनि जेल भित्रै दिदी कौशावति महतको हातबाट टीका लगाउने तयारीमा छन् । डिल्लीबजार कारागारमा रहेका कार्कीले कारगारमै भाइटीका लगाउने छन । संविधानसभा सदस्य कार्की २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको जागिर लगाइदिने बहानामा रकम लिई स्वामी ब्रह्मानन्द उदासीनले दुई लाख पाँच हजार र कार्कीले एक लाख रुपैयाँ घुस दिएको आरोपमा कार्की पक्राउ परेका हुन् ।