जनता टाइम्स

१४ चैत्र २०८१, बिहीबार ११:३९

प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएसनको अध्यक्षमा डा. भेषराज थापा निर्वाचित (सूचीसहित)


काठमाडौं, चैत १४ । प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएसन नेपालको १० औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

नेकपा एमालेको जनसंगठनको रूपमा रहेको एसोसिएसनको अध्यक्षमा इञ्जिनियर डा. भेषराज थापा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।

महाधिवेशनबाट खुल्ला उपाध्यक्षमा देउकाजी गुरुङ निर्वाचित हुनुभएको छ महिला उपाध्यक्षमा भने सौम्य भट्ट चुनिनु भएको छ ।
महासचिवमा राजन थापा, उपमहासचिवमा ध्रुव भट्टराई सर्वसम्मत हुनुभएको छ । सचिवहरूमा प्रदीप नेपाल, बलराम पौडेल, हरि बराल र स्वाभिमान आचार्य निर्वाचित हुनुभएको छ ।

ललितपुरमा भएको महाधिवेशनको एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । मंगलबार र बुधबार भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।