जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार ०३:२०

एमाले नेता-कार्यकर्तालाई बिष्णु पौडेलको निर्देशन : ११औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन्छ, नेताको नामको फेरो समातेर गुटबन्दी नगर्नोस


बुटवल, चैत १५ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आगामी ११औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने भएकाले कुनै व्यक्ति विशेषको फेरो नसमाउनकार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं मा पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममाउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनु भएका एमाले उपाध्यक्ष पौडेलले यस्तो निर्देशन दिनुभएको हो । यति ठूलो पार्टीभित्र कुनै व्यक्ति विशेषको गुटबन्दीमा नरमाउन उहाँको आग्रह थियो

आगामी महाधिवेशन त्यसमा कुनै गुटउपगुट नहुने भएकाले सबै नेताकार्यकर्तालाई त्यस प्रकारकोकाममा नलाग्न पौडेलको निर्देशन थियो पौडेलले गुटबन्दी गर्ने नेता कार्यकर्तामाथि निर्मम भएरैकारबाही गर्ने पार्टीको बटमलाइनसमेत सुनाउनु भयो

सम्बोधनको क्रममा उहाँले भन्नुभयो, ‘पार्टीको नीतिनियममा हिँड्नोस कुनै पनि नेताका पछाडिनलाग्नो। पार्टीको विधिविपरीत गुटबन्दी गर्नेविरुद्ध सूक्ष्म अध्ययन भइरहेको कुरा याद राख्नोस

उहाँले थप्नुभयो, ‘११औँ महाधिवेशन सर्वसम्मत हुन्छ, कुनै दबाबले सर्वसम्मत हुने होइन, विश्वासले सर्वसहमति हुने हो, माथि यस्तो अवस्था तर तल केही व्यक्ति रमाउनका लागि किन अनावश्यकचर्चामा समय खर्चिनुपर्‍यो ?’

उपाध्यक्ष पौडेलले एमालेमा गुटबन्दीको धन्धा नफस्टाउने घोषणासमेत गर्नुभयो । गुटबन्दीको धन्धाले केही हुँदैन, पार्टीका पछि लाग्नुस् व्यक्तिको होइन, यस्तो धन्धामा कोही नलाग्नुस,’ पौडेलको निर्देशन थियो ।