काठमाडौं, १५ चैत। राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित भएका छन्। उनीहरूले तीनकुनेमा व्यापारी घर,पसलहरूमा समेत ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
ढुंगामुडा प्रहारबाट केही घर र पसलमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले तीनकुनेको एक व्यापारी घरमा तोडफोड गरी कागजपत्र निकालेर जलाइरहेका छन्।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ। झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्