जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार १८:३९

दुर्गा प्रसाईंलाई कारबाही गर्छौं– नेपाल सरकार


काठमाडौं, १५ चैत्र ।  सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारीबारे जानकारी गराउनुभएको हो । ‘दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उहाँले भन्नुभयो।