जनता टाइम्स

१६ चैत्र २०८१, शनिबार २०:०१

तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस


काठमाडौं, १६ चैत्र ।  सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ ।

शनिबारपार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकका निष्कर्ष सुनाउँदै पूर्वराजा शाहकै निर्देशनमा उक्साहट भएको जिकिर गर्नुभयो । ‘राजावादीको नाममा जुन खाले गतिविधि हिजो भयो त्यसको समीक्षा भयो । गृहमन्त्रीज्यूले सम्पूर्ण घटना विवरण प्रस्तुत गर्नुभयो ।

त्यसपछि हामी के निष्कर्षमा पुगेका छौं भने । यद्यपि जुन घटना भए यसबारे हाम्रो पार्टीले आफ्नो दृष्टिकोण राखिसकेको छ । हिजोको घटनाको भत्र्सना गरेका छौं,’ प्रवक्ता महतले भन्नुभयो । एउटा निरंकुश शासनतर्फ लाने मनसायका साथ यो घटना कांग्रेसको निष्कर्ष छ । ‘यसको सम्पूर्ण पूर्वराजा, जसको आयोजनामा यो समिति गठन भयो र यसले यो आयोजना गर्‍यो,’ उनीहरू जसरी प्रस्तुत हुन्छौं भनेका थिए त्यसको विपरित अराजकतामा प्रस्तुत हुने र सबै कब्जा गरेर जाने लक्ष्य देखियो । त्यसको जिम्मेवारी उहाँले लिनुपर्छ ।’