काठमाडौँ, चैत १७। पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको सेट परिवर्तन गरिएको छ ।
गृह मन्त्रालयका उच्च अधिकृतले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको हो ।
पहिलेको टिमको अवधि पुगेको जनाई गृहले नयाँ टोली खटाइएको बताए पनि टीम परिवर्तनको शुक्रवारको हिंसात्मक घटना मुख्य कारण रहको छ । सशस्त्रले डीएसपी प्रमोद पाठकको नेतृत्वमा नयाँ टिम खटाएको छ ।
भीभीआईपी सुरक्षा कार्यविधि अनुसार पूर्वराजाले सशस्त्र प्रहरी बलको पछुवा गाडीसहित १५ जना र नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी पाउने भए पनि बढी सुविधा लिएका छन ।
प्रतिक्रिया दिनुहोस्