जनता टाइम्स

१८ चैत्र २०८१, सोमबार २०:००

केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिबाहेक सबै पदमा अनेरास्ववियु विजयी, भट्टलाई पुगेन ८ मत


काठमाडौं, चैत १८। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपकराज जोशी विजयी बन्दा अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन ।

सोमबार भएको निर्वाचनमा सभापतिमा जोशी ७८९ मतसहित निर्वाचित हुँदा अनेरास्ववियुले सचिव कोषाध्यक्षसहित सबै सदस्य जित्न सफल भएको छ भने अध्यक्षमा ८ मतले दोस्रो भएको छ । सचिव, कोषाध्यक्ष र सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार विजयी बनेका हुन् ।

सचिवमा हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्च माया सुब्बा निर्वाचित हुनुभएको छ ।