काठमाडौं, चैत १९ । सरकारले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले चैत १९ गते राति १२ बजे अर्थात मंगलबारबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सोमवार बसेको दुवै संसदको बैठकले अध्यादेशलाई वैधानिकता दिन संसदमा पेश गरेको प्रतिस्थापन विधेयक पारित गरेको थियो ।
बिधेयक पारित भएसंगै बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो ।













प्रतिक्रिया दिनुहोस्