जनता टाइम्स

२० चैत्र २०८१, बुधबार १६:५१

एमाले महासचिव शंकर पोखरेलको ठोकुवा : तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा


सुनसरी, चैत २०। नेकपा एमालेका महासचिव शंकर पोखरेलले चैत १५ गते तीनकुनेमा भएको अराजकताको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको ठोकुवा गर्नुभएको छ ।

नेकपा एमालेले सुनसरीमा बुधवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा तीनकुनेमा अराजकता मच्चिएको बताउनु भयो ।

‘पूर्वराजाको उक्साहाटमा पूर्वराजावादीहरुको अराजक समुहले काठमाडौं तीनकुने, कोटेश्वर र जडिवुटी लगायतका क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसा मच्चाए,’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले अहिलेको अराजकताको कारक पूर्वराजा ज्ञानेन्द्र शाहनै भएको आरोप लगाउदै पोखरेलले यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताउनु भयो । पूर्वराजाले गत फागुन ७ गतेनै संबिधानको खिलापमा आव्हान गरेर चैत्र १५ गते बिध्वंश मच्चाएको आरोप महासचिवपोखरेलको छ ।

दुर्गा प्रसाइले मच्चाएको उदण्ड क्रियाकलापको भागिदार प्रसाई पनि हुने बताउदै महासचिव पोखरेलले उनलाई उचाल्ने काम पनि पूर्वराजाले गरेको बताउनु भयो । एमाले महासचिव पोखरेलले पूर्वराजा आफ्नै परिवारको निम्ति मात्र नभएर सबै नेपालीका लागि बैगुनी मान्छे रहेको टिप्पणीसमेत गर्नुभयो