काठमाडौंको झोरमा बरामद २५ करोड विदेशी मुद्राको मालिक माओवादी नेता रहेको खुलासा भएको छ । दुई साता लामो अध्ययनपछि प्रहरीले यस्तो तथ्य फेला परेको हो ।
काठमाडौं, चैत २० । चैत ४ गते काठमाडौंको टोखा नगरपालिकाको झोरबाट ट्रकमा बरादम भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक पहिचान भएको छ ।
प्रहरीले लामो अनुसन्धानपछि सो बिदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको तथ्य फेला पारेको हो । दुई साताको अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पौडेल भएको तथ्य खुलेको प्रहरीले बताएको छ ।
पटक–पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार नारायणका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल पनि यसअघि ३३ किलो सुन प्रकरणमा संलग्न रहेको भेटिएको थियो । राजकुमार २०७४ सालमा भोटेकोशी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो । २०७९ मा भने उहाँी कांग्रेससँग पराजित हुनुभयो ।
नारायण पनि माओवादीमा आबद्ध रहनुभएको छ । अर्का दाजु बच्चु पौडेल कांग्रेसमा आवद्ध हुनुहुन्छ । बच्चु हिमालय सिमापार व्यापार संघको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण २५ करोडको मालिक भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले नारायणको नाममा पक्राउ पुर्जी समेत जारी भइसकेको जनाएको छ ।
गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । लामा पनि भोटेकोशी वडा नम्बर १ कै बासिन्दा हुनुहुन्छ । लामाकै बयानको आधारमा नारायणको कारोवारसम्म प्रहरी पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्