काठमाडौं, चैत २१। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले हाजिर गर्नुभएको छ । मेयर बालेन्द्र शाह (बालेन) को दादागिरीका कारण लामो समयदेखि हाजिरी नै गर्न नपाउनु भएका गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो ।
मेयर बालेन शाहको निर्देशनमा महानगरको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गर्नुभएको थियो । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरेका थिए ।
बिहीबार हाजिर गर्न पुगेका उहाँलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उहाँलाई रोक्न नदिंदै कार्यकक्षसम्म पुर्याएका हुन । गुरागाईं १०३ दिनपछि बिहीबार कार्यालय पुगेर हाजिर गर्नुभएको छ ।
उहाँलाई गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।
यस्तो अवस्थामा आफूहरूले तलब समेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन। निर्वाचित भएदेखि नै मेयर शाहलाई सघाउँदै आएका कर्मचारीहरुले उहाँको दादागिरीले सीमा नाघेको भन्दै प्रतिकारमा उत्रिएपछि प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न पाउनु भएको हो । यो घटनासँगै महानगरमा मेयर बालेनको सिण्डकेट तोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्