जनता टाइम्स

२२ चैत्र २०८१, शुक्रबार १५:१७

प्रशासकीय अधिकृतको मातहमा चल्नुपर्ने महानगर प्रहरी प्रमुख पाण्डेले मागे माफी


काठमाडौं, २२ चैत्र । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत समक्ष माफी माग्नुभएको छ।शुक्रवार प्रशासकीय अधिकृत सरोज गुरागाईको कार्यकक्षमा गएर विहीवारको व्यवहारप्रति माफी मागेका हुन् । गुरागाईलाई कार्यालय प्रवेशमा रोक्न पाण्डेले बल प्रयोग गर्नुभएको थियो । महानगरका एक कर्मचारीका भन्नुभयो राम्रोसँग कार्यालय सन्चालन भयो । केही गडबडी हुन्छ कि भनेर हामी विभिन्न कार्यक्षेत्रमा भएका कर्मचारी पनि महानगरपालिकाको कार्यालयमा पुगेका थिए । गाडीको ह्वील लक पनि खुलेछ ।

राजु पाण्डेजीले प्रशासकीय प्रमुखलाई सलाम ठोकेरै अघिल्लो दिनको व्यवहार र आफ्नो बाध्यता सुनाउँदै माफी माग्नुभयो । मेयरको मौखिक आदेशले उहाँ यसअघि पनि अप्ठेरोमा पर्नुभएको थियो,सायद महानगर प्रहरीको संचालन प्रशासकीय अधिकृतको खटनपटनमा हुने कुरा भुल्नुभएको थियो होला । उपमेयर सुनिता डंगोलले पाण्डेसँग मेयरको लिखित आदेश मागेपछि उनी रक्षात्मक हुनुभएको थियो । महानगर प्रहरी बलको प्रमुख मेयर र उपमेयरप्रति उत्तिकै जवाफदेही हुनुपर्ने डंगोलको भनाइ थियो ।
त्यसो त प्रशासकीय अधिकृतको मातहमा चल्नुपर्ने पाण्डे मेयरको मात्र मौखिक आदेशमा चल्ने गरेको भन्दै जनप्रतिनिधिले उहाँमाथि प्रशासनिक कारवाहीको चेतावनी समेत दिएका छन् ।