जनता टाइम्स

२२ चैत्र २०८१, शुक्रबार २१:४९

रबि लामिछाने घरबाटै पक्राउ, जिल्लाको आदेशबिरुद्ध उच्च जाने आफनै निर्णय बन्यो पासो


काठमाडौँ, चैत २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई उहाँको घरमै पुगेर पक्राउ गरिएको हो ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । लगत्तै रबिको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उहाँलाई आज नै बुटवल लगिने बुझिएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उहाँलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उहाँ साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च अदालत जानुभएको थियो ।