जनता टाइम्स

२५ चैत्र २०८१, सोमबार ०९:४४

पासाङलाई छाने प्रचण्डले उत्तराधिकारी, भिटो प्रयोग गरेर एकैपटक उपाध्यक्ष मनोनीत


काठमाडौं, चैत २५ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई एकैपटक उपाध्यक्ष पदमा मनोनीत गरेको छ । गत पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटीहुँदै उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय लिएको हो ।

माओवादीले निर्णय सार्वजनिक नगरी पुनलाई उपाध्यक्षमा मनोनीत भएको विषय पार्टीका तल्लो कमिटीलाई सर्कुलरमार्फत जानकारी दिएको छ । यसअघि पुनलाई उत्पादनसम्बन्धी ब्युरोको इन्चार्जको जिम्मा दिएको थियो ।

दुई कार्यकाल उपराष्ट्रपति पद सम्हाल्नु भएका पुनलाई उत्तराधिकारी बनाउने निर्णयकै कारण पार्टीमा मनोनीत गरेपछि माओवादीमा खैलावैला मच्चिएको छ । उहाँ पार्टीको बैठकमा आमन्त्रित नेताको रुपमा उपस्थित हुँदै आउनु भएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उत्तराधिकारीका रुपमा पुनलाई ल्याउने निर्णयसहित मनोनीत गरी राजनीतिमा सक्रिय गराउनु भएको माओवादी स्रोतले बताएको छ । उपमहासचिव जनार्दन शर्मा र बर्षमान पुनको गुटबन्दी र आफैबिरुद्ध लाग्ने शैलीलाई रोकेर पुनलाई उत्तराधिकारी बनाउने योजना प्रचण्डले बनाउनु भएको स्रोतको भनाई छ ।