जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार ०९:४९

आइजीपी सर्वेन्द्र खनालको त्यो शाहसिक कदम


काठमाडौं, कात्तिक १३ । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले जीवनकै ठूलो चुनौती मोल्नुभएको छ । आफूमाथि चौतर्फी दबाब र चेतावनी पर्ने सूचना पाएपनि दशकौं देखि थाती रहेका आपराधिक घटनाहरुको फाइल खोल्न लगाएर आइजीपी खनालले ठुलै चुनौती मोल्नुभएको हो ।

विगतमा हाइ प्रोफाइलले घटाएका घटना त्यत्तिकै लुकाइन्थ्यो । तर, खनालले त्यसलाई खोलेर अपराधमा सून्य सहनशीलताको प्रष्ट मान्यता स्थापित गर्नुभएको हो । नेपालको इतिहासमा आपराधिक घटनामा पहिलोपटक बहालवाला सभामुखमाथि अनुसन्धान बढ्यो । सभामुखको सरकारी निवासबाट राजीनामा दिएपछिको अवस्थामा निवर्तनमान सभामुख कृष्णबहादुर महरा पक्राउ परे । यो घटनामा आइजीपी खनालले ठूलो जोखिम मोल्नुभयो । घटनामा महरामाथिको अभियोग पुष्टि गर्ने गरी प्रमाण जुटाउन आइजीपी खनालले खुट्टा कमाउनु भएन ।

आइजीपी खनाल पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई १२ वर्ष अघि ईंट्टाभट्टामा जिउँदै मान्छे हालेको घटनामा संलग्न भएको अभियोगमा पक्राउ गर्न अगाडि सर्नुभयो । खनाललेनै आलम पक्राउ गर्न काठमाडौंबाटै बिशेष टोली पठाउनु भयो । शक्ति र पहुँचको भरमा अपराध लुकाउने र प्रश्रय दिनेहरुलाई नछाड्ने नीतिमा अगाडि बढेका उनले अफताबलाई पक्राउ गर्न आदेश दिंदा चौतर्फी दबाबको सामना गरेपनि पछि हटनुभएन ।

खनालले जुवाडेहरुलाई धमाधम समात्न निर्देशन दिनुभयो । विगतमा जुवाखालमा समातिएका उच्च ओहदाकाहरु छुटिहाल्थे । गुपचुप गरेर छुटाइन्थ्यो । तर, खनाल कडा बन्नुभयो । खनालकै अडानका कारण हाइप्राफाइलकै तिहार जेलमा बित्यो । आइजीपी खनाल चिलीबाट स्वेदश फर्किएको दुई दिनमै हाइप्रोफाइल जुवाडे महाराजगञ्जबाट पक्राउ परे ।

खनालको कार्यकालमा दशकौं देखि बन्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धानको भवन निर्माण शुरु भयो । यसमा पनि उनले जोखिम मोल्नुभयो । विगतमा कुनेपनि टेन्डरको काम गर्दा भ्रष्टाचारको अभियोग लागिहाल्ने अवस्था थियो । खनालले जुनसुकै खतरा मोलेर भएपनि संगठनको भवनहरु निर्माणमा कदम चाल्न सफल हुनुभयो ।

विगतमा प्रहरीका जवानहरु जाडोमा समेत पोशाक नपाएर पुरानो पोशाकमा जोडो काट्थे । वर्षामा पुरानै च्यातिएको रेनकोट लगाउन वाध्य हुन्थे । उनले आफ्नो कार्यकालभरी यो अवस्था आउन दिएनन् । यसका लागि टेन्डर खोलेर छिटो छरितो काम गरे । आइजीपी खनालले काम गर्दा मोल्नु पर्ने जोखिम मोल्नुभयो ।

आक्रामक रणनीतिमा लागेका खनालमाथि हाइप्रोफाइल पक्राउदेखि दशकौं देखि नभएका पूर्वाधार विकासको कामको सफलताका कारण आपराधिक पृष्ठभूमिका व्यक्ति र कमिशनखोरहरु छटपटिएका छन् । उनीहरु योजनावद्ध तरिकाले खनाललाई पदबाट हटाउन लागिपरेका छन् । तर, खनालले आफू जस्तोसुकै जोखिम मोलेर भएपनि संगठित अपराधको गिरोहका नाइके र कमिशनखोरहरुलाई नछाड्ने प्रण गरी अघि बढनुभएको छ ।