जनता टाइम्स

२६ चैत्र २०८१, मंगलवार १८:१०

‘जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउनेहरू माओवादी कार्यकर्ता’


काठमाडौं, चैत २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादीका कार्यकर्ताले नै जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाएको दावी गर्नुभएको छ ।

मंगलवार आयोजना गरिएको सभामा बोल्दै तथा प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका राप्रपा प्रवक्ता शाहीले यस्तो आरोप लगाउनु भएको हो । राजावादीले चैत १५ गते आयोजना गरेको प्रदर्शनका क्रममा जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाइएको थियो ।

आफूहरुले आयोजना गरेको आन्दोलनलाई बदनाम गर्न आगो लगाइएको र आगो लगाउनेहरू माओवादीका कार्यकर्ता भएको शाहीको दावी छ । ‘राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो– सरकारी सम्पत्ति तोडफोड गर्ने, जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ,’ प्रवक्ता शाहीले भन्नुभयो ।