जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार १०:३८

हिरासतमा रहेका महरामाथि यसरी हानियो सिस्नोपानी


काठमाडौ., कात्तिक १३ । यसपालीको तिहारका सिस्नोपानी देउसी भैलोमा तात्कालिन सभामुख कृष्णबहादुर महरा निकै हिट भएका छन । संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीसँगको यौनकाण्ड बाहिरिएपछि सभामुख पद गुम्नुका साथै सरकारी निवासबाटै प्रहरी हिरासतमा रहेका महरामाथि सिस्नोपानी हानिएको हो ।

देउसी खेल्न आयौँ हामी जनताले पठाए

अझै बहादुर सभामुख खोज्न खटाए

तानिँदैछन् लहरा भत्किँदैछन पहरा

भिआइपीमा को को होलान गुप्त महरा

सिस्नोपानीले महरामाथि अझै सिस्नोपानी हानेको छ । माननीय सदस्यहरु म होइन भन्नेले शिर उठाउनु होला भन्दै ब्यंग्य गरेका हुन ।

(माननीय सदस्यहरू,

म हुँ भन्नेले हात उठाउनुहोस

म होइन भन्नेले शिर उठाउनु होस।)

सिस्नोपानीलेयतिमा मात्रै महरालाई सिमिति गरेको छैन । मादक पदार्थ सेवन गरेपछि घरतिर जानुपर्ने अन्तै गएको भन्दै बलात्कार आरोप लागेको दिन रोशनी शाहीको कोठामा रक्सी खाएर गएको बिषय उठान गरेका हुन । यस्तो छ त्यस दिनको घटनाको ब्यंग्य ।

वीर जाति नेपालीको कति राम्रो बानी हो नि लै लै

नपिउन्जेल ज्ञानी पिएपछि पानी

अन्तै जाने घरै नजानी….