काठमाडौं, चैत २७ । काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको छ। बुधबार बिहानैदेखि शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्मको सडक पुरै ढाकेर प्रदर्शन गर्दा उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको हो।
प्रदर्शनका कारण अहिले प्रहरीले सवारी साधनहरूलाई विभिन्न ठाउँबाट डाइभर्ट गरिरहेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार कोटेश्वरबाट आएका सवारी साधनहरूलाई तीनकुनेबाटै डाइर्भट गरिएको छ।
त्यसैगरी भद्रकाली हुँदै गइरहेका सवारी साधनलाई माइतीघरबाटै डाइर्भट गरिएको छ। त्रिपुरेश्वरबाट गइरहेको सवारी साधनलाई थापाथलीबाटै डाइर्भट गरिएको छ। एसपी गिरीका अनुसार कोटेश्वरबाट आएका सवारीलाई सिनामंगल हुँदै रातोपुलबाट पठाइएको छ भने नयाँ बानेश्वरबाट थापागाउँहुँदै इएको छ। यता रत्नपार्कबाट गएका सवारीलाई बागबजार हुँदै पठाइएको छ। यस्तै त्रिपुरेश्वरबाट आएका सवारीलाई थापाथली हुँदै पठाइएको गिरीले बताउनु भयो ।
प्रदर्शनले गर्दा ट्राफिक व्यवस्थापनमा भने कठिनाइ भइरहेको उहाँको भनाई छ । प्रदर्शनले मुख्य सडक बन्द हुँदा अहिले भित्री सडकमा सवारीको चाप बढेको छ। ट्राफिक ब्यवस्थापनमै जटिलता देखिएपछि ट्राफिक प्रहरीले अत्यावश्यक बाहेक उक्त क्षेत्रमा यातायात सञ्चालन नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्