जनता टाइम्स

२७ चैत्र २०८१, बुधबार १८:५१

०८४ पछि पनि कांग्रेससँगको सहकार्य कायम रहन्छ – प्रधानमन्त्री ओली


काठमाडौं, २७ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेससँगको सहयात्रा ०८४ को चुनावपछि पनि कायम रहने बताउनु भएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले भोलि नै सरकार परिवर्तन भइहाल्छ कि भन्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

‘देशका सबैभन्दा ठूला प्रमुख योगदान गरेका इतिहास बोकेका जिम्मेवार पार्टीहरू कम्फर्टेबल मेजोरिका साथ सरकारमा छन् । स्थिरता स्थायित्व छ, यो रहन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले मैले जे भनिरहेको छु, भोलि सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति छैन । कमसेकम ०८४ को चुनावसम्म जान्छ । त्यसपछि पनि यो शिलशिला कायम रहन्छ ।’ देशमा दुई ठूला दल एक ठाउँमा भएको र ढुक्क भएर आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने कुरामा अघि बढ्न व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो । स्थिरता स्थायीत्वको हिसाबमा ढुक्क भएर आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने कुरामा अघि बढे हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।