जनता टाइम्स

२८ चैत्र २०८१, बिहीबार १६:०१

बालेनको बडीगार्ड बनेको भन्दै राजु पाण्डेबिरुद्ध उत्रिए महानगरका कर्मचारी, निलम्बन गरी छानविन गर्नुपर्ने ५ कर्मचारी संगठनको अडान


काठमाडौं, चैत २८ । काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनहरूले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई तत्काल निलम्बन गर्नुपर्नेसहित कार्यपालिकासमक्ष ११ बुँदे माग अघि सारेका छन ।

कर्मचारी संगठनहरूले अघि सारेको मागको पहिलो नम्बर बुँदामै केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय र कार्यकक्ष छिर्न नदिन राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहारसँग सम्बन्धित रहेको हो ।

‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्’, कर्मचारीहरूको संयुक्त मागपत्रमा भनिएको छ ।

त्यसदिन महानगर प्रहरी बलका प्रमुख पाण्डे आचरणविपरीत उत्रिएको ठहर गर्दै कर्मचारी संग–संगठनले तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाउन माग गरिएको छ । ज्ञापन पत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुलीले हस्ताक्षर गर्नुभएको छ ।

मेयर बालेनसँग सुमधुर सम्बन्ध कायम राख्दै समृद्ध महानगर बनाउन चाहने प्रतिवद्धता जनाउँदै उनीहरूले मेयरको सचिवालयका कर्मचारी र सल्लाहकारहरूबाट वितृष्णा जगाउने र आम कर्मचारीले असहयोग गरेको दिलाउने गरी अफवाह फैलाउने प्रवृत्ति मौलाएको भन्दै कडा चेतावनी पनि दिएका छन ।

कानून विपरीतका र कानूनले नचिनेका समिति, संस्था प्रणालीभन्दा बाहिरका मानिसलाई जागिर खुवाउनका लागि बनाइएका संयन्त्र खारेज गर्नुपर्ने अडानसमेत राखिएको छ ।

यस्ता छन माग