काठमाडौं, चैत २९ । राजा फर्काउने आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ झापाको भद्रपुरबाट पक्राउ परेको नेपाल प्रहरीले बताएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयले विज्ञप्ति निकाल्दै दुर्गा प्रसाईँ र उनका बडिगार्ड दिपक खड्कालाई शुक्रबार भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि काठमाडौं ल्याउँदै गरेको जनाएको हो ।
तीनकुनेको आन्दोलनलाई उत्तेजित बनाएर फरार रहेका प्रसाईँ हिजो भारतीय प्रहरीको नियन्त्रणमा आएका थिए । नेपाल प्रहरीसँगको समन्वयमा आसाम प्रहरीले नियन्त्रणमा लिएको थियो । आज नेपाल-भारत सीमावर्ती क्षेत्रबाट बुझाइएसँगै उनी नेपाल प्रहरीको नियन्त्रणमा आएका हुन् ।
प्रसाईँलाई चन्द्रगढी एयरपोर्ट हुँदै बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइँदै छ । प्रसाईलाई काठमाडौं ल्याएसँगै प्रहरीले म्यादथपलगायतको प्रक्रिया पूरा गरेर अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्