ती प्रहरी अधिकारीले दिएको जानकारीअनुसार ‘आमाचकारी पण्डितको उपमा पाएका दुर्गा प्रसाईंले चैत १७ गते दिउँसो १ः१२ बजे पहिलो भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंकै एक मन्दिरमा रहेको जिकिर गरे । त्यस भिडियोमा प्रसाईंले आफूलाई सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा लुकेर बसेको दाबीसमेत गरेका थिए । तर त्यही भिडियो उनलाई पक्राउ गर्ने आधार बन्यो । प्रसाईंको त्यो भिडियो काठमाडौंको नभई आसामको रहेको र उनी भागेर आसाम पुगिसकेको तथ्य फेला पर्यो ।
काठमाडौं, चैत २९ । राजा फर्काउने आन्दोलनको नाममा काठमाडौंमा बितण्डा मच्चाएर भागेका ‘आमाचकारी पण्डित’ को उपनामले चिनिने दुर्गा प्रसाईं आफ्नै भिडियोको कारण प्रहरीको नियन्त्रणमा परेको तथ्य खुलेको छ ।
काठमाडौंको तीनकुनेमा गत चैत १५ गते लुटपाट र आगजनीसहित हिंसात्मक घटना घटाएर फरार प्रसाईं भारतको आसाम राज्यस्थित वास्का जिल्लामा एक नेपाली मुलका नागरिकको घरमा लुकेर बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि यो तथ्य उजागर भएको हो । लामो समय रेकी गरिरहेको नेपाल प्रहरीको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले लामो समय रेकी गरेर प्रसाईंलाई पक्राउ गरेर ल्याएपछि प्रसाईं त्यहाँ लुकेर बसेको पाइएको हो ।
प्रसाईंलाई पक्राउ गर्न खटिएका एक अधिकृतका अनुसार फरार भएपछि जारी गरेका दुई वटा भिडियो सन्देशकै आधारमा पक्राउ गर्ने क्लू मिलेको हो । प्रसाईंले जारी गरेको दुवै भिडियो सन्देश आसाममै खिचेको पाइएको उनको भनाई छ । प्रसाईंले चैत १७ गते दिउँसो १ः१२ बजे पहिलो भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंकै एक मन्दिरमा रहेको बताएका थिए ।
सो भिडियोमा आफूलाई सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा हिँडेको दाबी गर्नुभएको थियो । सो त्यो भिडियो आसामबाट प्रसाईं पक्राउ परेकै घरमा खिचेको भेटिएको हो । प्रसाईंलाई पक्राउ गर्न गएको प्रहरी टोलीले भिडियो खिचेको मन्दिरमा गएर दर्शनसमेत गरेको ती अधिकृतले जनताटाइम्स डटकमलाई बताए । प्रहरीका अनुसार दोस्रो भिडियो समेत त्यही क्षेत्रमा खिचेको पाइएको छ ।
दुर्गा प्रसाईंले चैत १७ गते दिउँसो १ः१२ बजे पहिलो भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंकै एक मन्दिरमा रहेको जिकिर गरे । त्यस भिडियोमा प्रसाईंले आफूलाई सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा लुकेर बसेको दाबीसमेत गरेका थिए । तर त्यही भिडियो उनलाई पक्राउ गर्ने आधार बन्यो । प्रसाईंको त्यो भिडियो काठमाडौंको नभई आसामको रहेको र उनी भागेर आसाम पुगिसकेको तथ्य फेला पर्यो ।
ती प्रहरी अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार ‘आमाचकारी पण्डितको उपमा पाएका दुर्गा प्रसाईंले चैत १७ गते दिउँसो १ः१२ बजे पहिलो भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंकै एक मन्दिरमा रहेको जिकिर गरे । त्यस भिडियोमा प्रसाईंले आफूलाई सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा लुकेर बसेको दाबीसमेत गरेका थिए । तर त्यही भिडियो उनलाई पक्राउ गर्ने आधार बन्यो । प्रसाईंको त्यो भिडियो काठमाडौंको नभई आसामको रहेको र उनी भागेर आसाम पुगिसकेको तथ्य फेला पर्यो ।
प्रसाईंले बुधबार दोस्रो भिडियो सन्देश सार्वजनिक गर्नुभएको थियो । सो भिडियोको पृष्ठभूमि भने एडिट गरेर जोडेको पाइएको छ । भारतीय प्रहरीसँग समेत समन्वय गरेर नेपाल प्रहरीले प्रसाईंलाई बिहीबार पक्राउ गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै झापा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय, झापामा समेत केही समय राखेर प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट काठमाडौंतर्फ ल्याइएको छ ।
काठमाडौंमा जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिने छ । प्रसाईंलाई कमाण्डर तोकेर गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजकसहित २ जनाको ज्यान गएको थियो भने अर्वौंको सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो । सो घटनापछि प्रसाईं काठमाडौंबाट भागेर आसाम पुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्