जनता टाइम्स

२९ चैत्र २०८१, शुक्रबार १८:५६

अराजकता र प्रतिगमनबिरुद्ध एमालेले आयोजना गरेको जागरण सभामा जे देखियो (फोटोफिचर)


काठमाडौं, चैत २९ । नेकपा एमालेले शुक्रवार लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा जागरण सभा सम्पन्न गरेको छ ।

अराजकताबिरुद्ध र गणतन्त्रको पक्षमा एमालेले शुक्रवार मुलुकका दुई प्रदेशमा एकसाथ लाखौं जनतालाई उतारेर जागरणसभा आयोजना गरेको हो । बुटवलको सभामा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष तथा अर्थमन्त्री बिष्णु पौडेल सहभागी हुनुभयो ।

यस्तै सुदुरपश्चिम प्रदेशको जागरणसभामा उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेललगायतका नेताहरु सहभागी हुनुभएको छ ।