जनता टाइम्स

३० चैत्र २०८१, शनिबार १४:३७

केपी ओलीको गृहनगरमा उर्लियो मानवसागर (फोटोफिचर)


झापा, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा झापाको दमकमा मानवसागर उर्लिएको छ । अराजकता र प्रतिगमनको बिरुद्धमा नेकपा एमालेले आयोजना गरेको जागरणसभामा मानव सागर उर्लिएको हो ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीको गृहनगर दमकमा एमालेले आयोजना गरेको बिशाल सहभागितामा जागरण सभा सुरु भएको छ । सभामा आयोजकले सोचेभन्दा पनि बढी जनसहभागिता जुटेको छ ।

प्रधानमन्त्री ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको सो सभामा एमाले कोशी प्रदेशका अधिकांश नेताहरु सहभागी हुनुभएको छ ।