काठमाडौं, चैत ३० । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार आएपछि देशमा आर्थिक, सामाजिक विकास र कूटनीतिक सम्बन्धका क्षेत्रमा धेरै काम भएको तथ्य खोल्नुभएको छ ।
नयाँवर्षको अवसरमा नेकपा एमाले सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले सो तथ्य राख्नुभएको हो ।
ज्ञवालीले सरकार बनेपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन बनेर पीडितले न्याय पाउने आधार निर्माण भएको, छिमेकी देशबीच सन्तुलित सम्बन्ध कायम गरी देशलाई अघि बढाउने काम भएको, सहकारीका बेथिति अन्त्य गरेर पीडितलाई न्याय दिलाउन पहल गर्ने लगायतका काम भएको बताउनुभयो । सहकारी ठगीमा संलग्न जो भए पनि उनीहरूको मुख नहेरी कानुनी कारबाहीको प्रक्रिया अघि बढेको पनि ज्ञवालीले स्पट पार्नुभयो ।
‘जो सुकै मानिस जिम्मेवार होस, कानुनका नजरमा सबै समान छन,’ ज्ञवालीले भन्नुभयो । मुलुकले अहिले एउटा कोर्स समातेको बताउँदै उहाँले यो कोर्स उल्टाउने र मुलुकलाई अस्थिरतातिर धकेल्ने कोसिस विभिन्न कोणबाट भइरहेको तर त्यो संभव नभएको प्रष्ट पार्नुभयो । नेपालको सबैभन्दा ठुलो समस्या अस्थिरताको समस्या भएको बताउँदै उहाँले अहिले पनि तिनै तत्त्वहरूले देशलाई अस्थिरतामा लैजाने प्रयास गरिरहेका बताउनुभयो ।
‘पानी धमिल्याउने, माछा मार्ने, कमजोर राज्य बनाउने दोहन गर्ने, मुख्य पार्टीलाई किनारा लगाउने र बिचौलियाहरूले राज्य चलाउने, यो खालको श्रृखलालाई हामीले रोक्ने प्रयत्न गर्यौं, अहिले त्यसलाई फेरि उल्टाउने खेल भइरहेको छ,’ उहाँले भन्नुभयो ।
अस्थिरताको खेलमा खेल्न फेरी पनि माओवादी अध्यक्ष प्रचण्डले प्रयत्न गरिरहेका ज्ञवालीले बताउनुभयो । प्रचण्डले अहिले कांग्रेस सरकार बनाओस, हामी बाहिरबाट सघाउँछौँ भनेर अहिले ललिपप फालेको ज्ञवालीले बताउनुभयो । प्रचण्डको यो कुरा कसैले पत्याउन नसकिने उहाँले स्पष्ट पार्नुभयो । ‘प्रचण्डले फालेको ललीपपमा कोही पर्दैन, उहाँको हावादारी कुराको पछि कोही लाग्न जरुरी छैन,’ ज्ञवालीले भन्नुभयो ।
यही अस्थिरताको खेल भित्र सम्पूर्ण हिसाबले समाप्त भएको सामन्ती राजतन्त्रले समेत टाउको उठाउने प्रयत्न गरेको उहाँले बताउनुभयो । आफूलाई राजावादी भन्ने र पूर्वराजाका समर्थक ठान्नेहरू फेरी सलबलाउन लागेका ज्ञवालीले टिप्पणी गर्नुभयो । पूर्वराजावदीले चैत १५ गते तीनकुनेमा गरेको आन्दोलन कुनै राजनीतिक आन्दोलन नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘उनीहरूको प्रयत्न आयल निगमको इन्धन स्टोरमा आगो लगाएर देशलाई तहसनहस बनाउने आपराधिक सोच थियो, पत्रकालाई ज्युँदै जलाउनेसम्मका हरकत भए’, उहाँले भन्नुभयो ।
नेकपा एमाले देश बन्छ र बनाउन सकिन्छ भन्ने विचारको प्रतिनिधित्व गर्ने पार्टी भएको उहाँले बताउनुभयो । तर अर्को पक्ष देशमा केही भएन, केही हुँदैन भन्ने पक्षधर रहेको ज्ञवालीले स्पष्ट पार्नुभयो । केही मानिसहरू फेरी जातीय सद्भाव खलबल्याउन सकिन्छ कि भनेर लागेका उहाँले बताउनुभयो । देशलाई फेरी द्वन्द्व तिर धकेल्नका लागि अनेक खालका प्रयास भएका उहाँको धारणा छ ।
लोकतन्त्र र राजतन्त्र सँगै जान सक्दैन भन्ने निष्कर्षका साथ नेपालमा राजतन्त्र फालिएको उहाँले बताउनुभयो । त्यसैले अब नेपालमा राजतन्त्र नफर्किने र फर्कन नदिने ज्ञवालीले प्रतिबद्धता व्यक्त गर्नुभयो । राजतन्त्रले घुँडा टेकेको दिन वैशाख ११ गते लोकतन्त्र दिवस सेलिब्रेसनको कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । त्यसमा सहभागिता जनाउ युवाहरूलाई ज्ञवालीले आह्वान गर्नुभयो । नीतिगत समस्याका कारण कर्णाली नदीका काठ सङ्कलन गर्न नसकेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताउनुभयो ।
‘हालसम्म त्यस्ता काठ सङ्कलनका लागि प्रदेश सरकारमार्फत काम गरिएको छैन, अब सङ्कलन गर्ने योजना बनाउनेछौँ,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्