जनता टाइम्स

३ बैशाख २०८२, बुधबार ०९:५२

सरकारको निर्णयपछि पनि आन्दोलन जारी रहने शिक्षक महासंघको अडान, सरकार रित्तै घर फर्काउन खोजिरहेको भन्दै काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान


काठमाडौं, बैशाख ३ । शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने भएका छन । मंगलबार राती बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्ने गरी संसदको अधिवेशन आह्वान गरी आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेको थियो।

सरकारले वैशाख १२ गतेदेखि बस्नेगरी संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारले संसद अधिवेशन आह्वान गरी शिक्षा बिद्येयक पारितगर्ने जनाए पनि शिक्षक महासंघले आन्दोलनका कार्यक्रम जारी रहने बताएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहने बताउनु भएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आन्दोलन स्थगित नहुने जानकारी दिनुभएको छ । बुधबार १२ बजे सबै शिक्षकहरूलाई माइतीघर मण्डलमा उपस्थित हुन आग्रह पनि गर्नुभएको छ ।

अध्यक्ष सुवेदीले शिक्षकहरूले उठाएका विषयमा राज्य अनुदार देखिएकाले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले देशभरका शिक्षकहरूलाई काठमाडौं आउन पनि आग्रह गर्नुभएको छ । महासंघको नेतृत्व चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ । अध्यक्ष सुवेदीले सरकारले आन्दोलनरत शिक्षकलाई रित्तै घर फर्काउन खोजिरहेको भन्दै अव ठोश उपलब्धीबिना शिक्षकहरु आन्दोलनबाट घ रनफर्कने प्रष्ट पार्नुभएको छ ।

महासंघले २०८० असोजमा भएको सहमति कार्यान्वयनको माग गर्दै आइरहेका छन । सरकार सहमति गर्ने तर कार्यान्वयन नगर्ने काममा अग्रसर भएपछि शिक्षकहरु दोस्रोपटक काठमाडौं केन्द्य्रित आन्दोलनमा उत्रिएका हुन ।