काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।
पार्टी सभापति रवि लामिछाने पछिल्लो पटक चैत दोस्रो साता पार्टीमा फर्किएकै बेला उनले राजीनामा बुझाएको लामिछाने निकट स्रोतले जनाएको छ ।
यद्यपि, श्रेष्ठले अहिलेसम्म राजीनामा बारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएकी छैनन् । उनले केन्द्रीय समितिको बैठकमा नै आफ्नो कुरा राख्ने बताइएको छ ।
रास्वपाले आजका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।
सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । लामिछाने सहकारीको बचत अपचलनको मुद्दामा हाल भैरहवा कारागारमा छन् ।
प्रतिक्रिया दिनुहोस्