जनता टाइम्स

४ बैशाख २०८२, बिहीबार २१:०४

बिष्णु रिमालले गरे प्रचण्डको एक-एक बदमाशीको भण्डाफोर


काठमाडौं, वैशाख ४ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल झुटको खेती गर्न माहिर भएको बताउनुभएको छ ।

बारम्बार रङ फेरेर सरकामा जाने प्रचण्डले आफू अरूसँग मिल्दा नैतिक हुने र अरू मिल्दा अनैतिक हुने भन्दै हिँडेको बताउँदै यो उहाँको छेपारे प्रवृत्ति भएको रिमालको धारणा छ ।

‘कांग्रेस–एमाले मिलेर बनाएको सरकारलाई ‘षड्यन्त्र’ भन्न सक्ने साहस त उहाँकै विशेषता हो’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

राजनीतिका सङ्गी फेर्नु प्रचण्डको राजनीतिक योग साधना नै भएको उहाँको धारणा छ ।

‘उहाँले २०७४ मा कांग्रेस छोडेर एमालेसँग मिल्नु ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइ सरकार ढाल्नु ‘सैद्धान्तिक’, अनि पाँचदलीय गठबन्धनको काँध चढेर फेरि एमालेकै साथ पाउनु ‘सङ्गतिपूर्ण’,फेरि त्यो अवधिमा तीन–तीन पटक सत्तासङ्गी फेर्नु त मानौँ राजनीतिक योग साधना हो-जहाँ प्रचण्डजी ‘पारसमणि’ बनेर फलामलाई सुन बनाइरहेका हुन्छन्’, उहाँले भन्नुभयो ।