जनता टाइम्स

८ बैशाख २०८२, सोमबार १७:४८

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा


काठमाडौं, बैशाख ८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ ।

सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उहाँले राजीनामा पत्र बुझाउनु भएको हो ।

शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उहाँको राजीनामा आएको छ ।