काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयमा मुख खोल्नुभएको छ ।
शिक्षामन्त्री भट्टराईको राजीनामालाई जोडेर बिभिन्न प्रचार भएपछि प्रधानमन्त्री ओलीले मुख खोल्नुभएको हो । उहाँले शिक्षामन्त्री भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिनुभएको प्रष्ट पार्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएको कुरा बिल्कुलै असत्य रहेको बताउनु भयो ।
‘उहाँ मैले बनाएको मन्त्री हो, मैले काम लगाइरहेको छु, सहयोग गरिरहेको छु, सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्