जनता टाइम्स

११ बैशाख २०८२, बिहीबार २३:३२

प्रेस चौतारी सचिवालय बैठक : महाधिवेशनको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गरेर जाने निर्णय 


काठमाडौं, बैशाख ११  । प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनबाट निर्वाचित सचिवालयको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ ।

अध्यक्ष गणेश पाण्डेको अध्यक्षता तथा संगठनका इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्ययतामा भएको बैठकले महाधिवेशनको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गरेर जाने साझा निष्कर्ष निकालेको छ ।

बैठकमा संगठनका निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, नेता विश्वमणि सुवेदी, निवर्तमान उपाध्यक्ष सविन प्रियाशन चौधरी र निवर्तमान कोषाध्यक्ष इन्द्र आचार्य समेत सहभागी हुनुहुन्थ्यो ।