काठमाडौं, कात्तिक १५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको घरमा चोरी भएको छ । बिहिवार दिउसो घरमा कोही नभएको मौका छोपी प्रेस संगठनका इञ्चार्जसमेत रहनुभएका नेता गौतमको कामनपा १० बानेश्वरको देवीनगरस्थित निवासमा चोरी भएको हो ।
प्रहरीका अनुसार गौतमको घरबाट सुनको गरगहना, चाँदी र नगद चोरी भएको छ भने दराज फोडिएको छ । गौतमको घरमा रहेको सुनको औंठी ६ आना, टप ५ आना र सानो मंगलसुत्र एक आना गरी साढे २ आना सुन चोरी भएको छ । यस्तै चाँदी ३० तोला चोरी भएको छ । चाँदीको पुजा गर्ने थाली, चाँदीको टीका गरी ३० तोला चोरी भएको नेता गौतमले जनताटाइम्सलाई बताउनुभयो ।
यस्स्तै छोरी भर्नाका लागि राखिएको १ लाख १५ हजार नगदसमेत चोरी भएको छ । नेता गौतमका अनुसार कुल ३ लाख १५ हजार रुपैया बरावरको चोरी भएको छ । घटनाको जानकारी पाएपछि महानगरीय प्रहरी बृत्त तिनकुने र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले निरीक्षण गरेको छ । सो क्रममा चोरले दराज फोडन ग्लोवकोप्रयोग गरेको तथ्य फेला परेको छ । प्रहरीले अनुसन्धान अघि बढाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्