ललितपुर, बैशाख १२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने बताउनु भएको छ ।
प्रेस चौतारी नेपालको दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पोखरेलले राज्यलाई बलियो बनाउन जनता अधिकारले सम्पन्न र कर्तव्यप्रति प्रतिवद्व हुनुपर्ने बताउनु भयो । ´राज्यलाई बलियो बनाउन जनता अधिकारले सम्पन्न र कर्तव्यप्रति प्रतिवद्व हुनुपर्छ,´महासचिव पोखरेलले भन्नुभयो ,´नागरिक राज्यप्रति कर्तव्यनिष्ठ हुनुपर्छ ।`
नागरिकले अधिकार मात्रै खोज्ने र कर्तव्य पालना नगर्ने हो भने राज्य कमजोर हुने दाबी गर्दै पोखरेलले कमजोर राज्यले नागरिक अधिकारको संरक्षण गर्न नसक्ने बताउनु भयो ।
नागरिक आफू बलियो बन्नलाई राज्य बलियो बनाउन एकजुट हुनुपर्ने पोखरेलको भनाइ छ । हरेक नागरिकले देशमा केहि छैन भनेर निराशा छर्नुभन्दा पनि देशमै गरे सम्भव छ भनेर आशाका किरण फैलाउनुमा पोखरेलमा जोड दिनुभयो ।
नेपाललाई कमजोर बनाउन अचेल नियोजितरूपमा प्रहार हुन थालेकोमा चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले नागरिक र राज्यबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्