जनता टाइम्स

१२ बैशाख २०८२, शुक्रबार १३:१६

गठबन्धनमा केही भएको छैन, सरकार टिक्छ – सभापति शेरबहादुर देउवा


काठमाडौं, १२ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्नुभएको छ ।
शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले बताउनुभएको हो । ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ देउवाले भन्नुभयो उहाँले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताउनुभयो । ‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन मलाई,’ देउवाले भन्नुभयो ।