काठमाडौं, बैशाख १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको प्रष्ट पार्नुभएको छ ।
बैंककबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताउनु भयो।
देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्ने चर्चा चलिरहेको बेलामा देउवाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
विपक्षी दल नेता पुष्पकमल दाहाल प्रचण्डले हिजो देउवा फर्केपछि नयाँ समीकरणको लागि देउवासँग औपचारिक कुराकानी गर्ने संसदीय दलको बैठकमा जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्