जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार १२:५६

हिरासतमा रहे पनि अभियुक्त जस्तो देखिएनन बलात्कार आरोपी महरा, प्रहरीलाई नै थमाइ दिए उल्टै पत्र


काठमाडौं, कात्तिक १५ । आफ्नै कार्यालयमा कार्यरत महलिा कर्मचारीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अभियोग प्रमाणित नहोस भनेर आफ्नो तर्फबाट सकेसम्मको सवै अश्त्र प्रहार गर्नुभएको पाइएको छ । डिएनए परीक्षणका लागि रगत दिन र पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेर महराले आफू भिआइपी नै रहेको प्रमाणित गर्नुभएको हो भने अनुसन्धानमा प्रहरी चुकेको हो ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोग पत्रमै महरामाथि बलात्कारका आरोपी अन्य अभियुक्त जसरी प्रहरीले अनुसन्धान नगरेको प्रष्ट किटान गरिएको छ । महराले डिएनए परीक्षणका लागि रगत दिन अस्वीकार गरेको, पोलिग्राफ परीक्षणपनि नमानेको र मोवाइलसमेत नदिएको भन्दै अभियोगपत्र दायर गरिएको छ । प्रहरी अधिकारीहरुले आरोप पुष्टिका लागि यी तीनै बिषय अनिवार्य बताएपछि कानूनको छिद्रबारे रामै्रसँग जानकार महराले यी तिनै चीन नमानेर आरोप पुष्टि हुने आधारलाई कमजोर बनाउने प्रयाश गर्नुभएको हो ।

महराले आफ्नो बचाउका लागि प्रहरीलाई सवै कुरा छलेर र प्राप्त हुनसक्ने सवै प्रमाण नष्ट गरेकै कारण प्रहरीले भिआइपी अभियुक्त महरामाथि कुनै जोरबल नगरी खुरुखुरु आफूलाई प्राप्त प्रमाणको आधारमा जर्बजस्ती करणी उद्योगमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझायो । सरकारी वकिलको कार्यालयले पनि प्रहरीको प्रतिवेदनका आधारमा जवरजस्ती करणी उद्योगमा मुद्दा चल्ने निर्णय गरी बिहीवार अदालतमा अभियोगपत्र दायर गरेको छ । जवरजस्ती करणी उद्योगमा अपनाउने अनुसन्धान पद्धतिमा आरोपीको असहयोग भएको विवरणसहित काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले कृष्णबहादुर महरा बिरुद्धको मुद्दा अदालतमा दर्ता गरेको हो । अभियोगपत्रकै आधारमा हेर्दा महराको मोवाइलसमेत प्रहरीले हेर्न नपाएको तथ्य देखिएको छ ।

महराले मोवाइल हराएको भनेपछि प्रहरीले थप पहल गरी छोराको मोवाइल हेर्न खोजेको देखिए पनि छोराबाट समेत असहयोग भएको प्रहरीको भनाई छ । यतिसम्म कि महराले अदालतको आदेशसमेत अबज्ञा गरी डिएनए परीक्षणका लागि रगत दिन अस्वीकार गर्नुभएको छ । रगत परीक्षण गर्दा बलात्कार आरोप लगाएकी महराका लामो समयदेखिका प्रेमिका रोशनी शाहीसँगको सम्बन्ध प्रमाणित हुने भएकै कारण नदिएको प्रहरीको निश्कर्ष छ । पक्राउ परेको केही दिनदेखि नै अस्पतालमा उपचाररत महराले आफ्नो बिग्रिएको स्वास्थ्यलाई देखाएर अनुसन्धानमै प्रभाव पारेको देखिन्छ ।

प्रहरी अनुसन्धामा महराले डीएनए परीक्षणका लागि अदालतको आदेश समेत अवज्ञा गर्दै रगत दिन इन्कार गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । यस्तै महराले चिकित्सक लगाएरु पोलिग्राफ परीक्षण अस्वीकार गर्नुभएको छ । आरोपीसँग आवश्यक सवै बयान लिनसक्ने भएपनि महराका चिकित्सकले महराको प्रतिकूल स्वास्थ्यका कारण पोलिग्राफ टेस्ट लिन नमिल्ने पत्र प्रहरीलाई नै थमाइ दिएको खुलासा भएको छ । पोलिग्राफका लागि सम्बन्धित ब्यक्तिको सहमति अनिवार्य हुने ब्यवस्थाको फाइदा उठाउँदै महराले पोलिग्रस्तैग र्न नमिल्ने पत्र प्रहरीलाई थमाउनु भएको पाइएको छ । यस्तै प्रहरी अनुसन्धानका लागि महत्वपूर्ण मानिएको महराले बोक्ने मोबाइलसमेत हराएको बयान प्रहरीमा दिनुभएको छ ।

महरा र राहुलको मोवाइलमा भाइवर म्यासेज पठाएको घटना सार्वजनिक भएसँगै मोवाइल्समेत गायव पारिएको छ । पीडित रोशनी शाहीले बलात्कार भएको भनेको असोज १२ गते राती ११ बजेर ७ मिनेट जाँदा महरापुत्र राहुललाई म्यासेज पठाएकी थिइन । शाहीले राहुललाई पठाएको भाइवर म्यासेजमा लेखेकी छन, ‘राहुल तिम्रो बाबुले रेप गर्नुभयो, यो कुरा म बसेको घरवेटीले चाल पाए, पुलिस बालाए, पुलिस आयो, मेरो बयान लियो, यस्को परिणम मलाई थाह छैन ।’ शाही र महराबीच पनि लामो समयदेखि म्यासेज आदान प्रदान भएको तथ्य बाहिर आइसकेको छ । यही कारण अरोपी भएपनि महराले आफ्नो सवै प्रमाण मुटाउने काम गरेको घटनाक्रमले प्रष्ट देखिएको छ ।

महराले पुरै असहयोग गरेपनि प्रहरीले घटनास्थलमा प्राप्त प्रमाण र पीडितको पहिलो भिडियो सम्वादसहित अन्य प्रमाणको आधारमा जवरजस्ती करणी उद्योग गरेको पुष्टि हुने भन्दै मुद्दा चलाउने अनुसन्धान प्रतिवेदन दिएपछि सरकारी वकिलको कार्यालयले महराबिरुद्ध कैद सजाय र जरिवानाको मागसहित अदालतमा अभियोगपत्र दायर गरेको हो । जसमाथि आज थुनछेक बहश भइरहेको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीलाई जर्बजस्ती करणी उद्योग गरेको अभियोगमा पाँच वर्षको सजाय माग दाबीसहित मुद्दा दर्ता भएको छ । सभामुख पदमै रहँदा महराले आफ्नै सचिवालयमा कार्यरत रोशनी शाहीलाई करणीको प्रयास गरेको अभियोग छ । पीडित शाहीले घटनाको विवरण प्रहरीलाई सोही रात जानकारी दिनुभएको थियो । प्रहरीले शाहीको मौखिक जाहेरीभन्दा एउटा अनलाइनमा रोशनीको अन्तर्वार्ता आएपछि कारबाही थालेको हो । सोहीरात प्रहरीले शाहीसँग भिडियो रेकर्डसमेत गरेको थियो ।

प्रहरीसँगको त्यो बयानमा रोशनीले महरा मादक पर्दाथले लठ्ठ भएर आफू एक्लै भएका बेला कोठामा आएको र बलात्कार गरेको उल्लेख गर्नुभएको छ । आफूले करणी प्रयासको प्रतिकार गर्दा महराले धेरै पटक अनुहारमा हानेको र अति भएपछि पुलिस बोलाउने भनेपछि भान्सा कोठाको ढोकाबाट निस्किएर भागेको बयान रोशनीले प्रहरीमा दिनुभएको थियो । तर पछि भने महरा परिवारकै दवावमा बयान फेर्न लगाइएको छ । सोही कारण शाहीले अदालतमै महरा निर्दोष रहेको र घटना भएको भनिएको दिन आफ्नो कोठामा नआएको भन्दै निवेदन दिनुभएको छ भने सञ्चारमाध्यममा पनि महरा निर्दोष रहेको बयान दिनुभएको छ ।

पीडित महिला नै पीडित भनिएको ब्यक्तिको बचाउमा सञ्चारमाध्यमदेखि अदालतसम्म पुगेको बेला महराले शाहीसँगको सम्बन्ध रहे/नरहेको प्रमाणित गर्ने डिएनए परीक्षण नै अस्वीकार गर्नुभएको छ । महराले अस्वीकार गरेपछि प्रहरीले घटनास्थलबाट बरामद गरेका सबुत प्रमाणको आधिकारिकताका लागि महराको डीएनए परीक्षणको माग गरेको थियो । काठमाडौं जिल्ला अदालतले समेत कात्तिक ७ मा डीएनए परीक्षणका लागि रगतको नमूना दिन महरालाई आदेश दिएको थियो । प्रहरीले घटनास्थलबाट फुटेको चस्मा, जुत्ताको तलुवा र अन्य सामग्री बरामद गरेको थियो । तर, डीएनए परीक्षण नभएकाले ती सामग्री कस्का हुन प्रहरीले खुलाउन सकेको छैन ।

महरा र शाही प्रेमि प्रेमिका रहेको बिषयमा सवै जानकार भएपनि डिएनए जाँचका लागि महराले अस्वीकार गरेपछि प्रहरीले प्रतिवेदनमा किटानी गर्न नसकेको हो । फरेस्न्सिक प्रतिवेदनले शाहीमाथि कुटपिट भएको तथ्य खोलिसके पनि महराको डिएनए परीक्षण नभएपछि प्रहरी बरामद भएका सामान कस्को थियो भन्ने निश्कर्षबिहीन अनुसन्धान प्रतिवेदन बुझाउन बाध्य भएको हो । घटना भएकै दिन शाहीले नै महराले बलात्कारपछि कुटपिट गरेको बताउनु भएको थियो । प्रहरीले शाहीकै बयानका आधारमा महरामाथि जवरजस्ती करणी उद्योगमा मुद्दा चलाउने निश्कर्षसहित प्रतिवेदन दिएको हो ।