काठमाडौं, बैशाख १४ । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट प्रहरीले अनुमति पाएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलाशले सांसद राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । भोजपुर निवासी राई नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्छ ।
राई शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट प्रहरीले पक्राउ गरेको हो । राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोप छ । उहाँबिरुद्ध पूरक अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्