जनता टाइम्स

१४ बैशाख २०८२, आईतवार १८:२८

सिन्धुलीको दुधौली नगरका मेयरविरूद्ध जबरजस्ती करणीको जाहेरी


काठमाडौं, बैशाख १४। दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवारविरूद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी परेको छ ।

दनुवारविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । ‘पीडितले जाहेरी दिएपछि हामीले अनुसन्धान अघि बढाएका छौँ,’ काफ्लेले भन्नुभयो ।

१७ वर्षीया बालिकाले आफूलाई मेयर अधिकारीले जबरजस्ती करणी गरेको भन्दै बिहीबार जाहेरी दिएको बताएको छ । सिन्धुली जिल्ला अदालतका अनुसार हालसम्म अधिकारीको नाममा पक्राउ अनुमति भने जारी भएको छैन । अधिकारी माओवादी केन्द्रबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।

एमालेका लक्ष्मण कार्कीलाई पराजित गर्दै उदनुवार २०७९ मा मेयरमा निर्वाचित हुनुभएको थियो ।