जनता टाइम्स

१५ बैशाख २०८२, सोमबार २०:१०

नेपाल प्रहरीका ६३ एसपीको सरुवा : झापा–मोरङदेखि कञ्चनपुरसम्मका प्रहरी प्रमुख फेरिए (सूचीसहित)


काठमाडौं, बैशाख १५। नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापाले सोमबार ६३ जना एसपीको सरुवा गर्दै सरुवा भएकै दरबन्दीबाट तलब भत्ता पाउने निर्णय लिनुभएको हो ।

सरुवामा झापा-मोरङदेखि कञ्चनपुरसम्मका प्रहरी प्रमुख रहेका छन । आइजीपीको निर्णयअनुसार कार्यालय प्रमुखका रूपमा एक वर्षको न्यूनतम कार्य अवधि पूरा गरेर बसेका एसपीहरू यो सरुवामा परेका छन् । त्यसक्रममा जिल्लामा नयाँँ प्रहरी प्रमुख जाने भएका छन ।

एसपी दर्जाको आकर्षक मानिने तराईका भारतीय सीमावर्ती जिल्लामध्ये झापामा राजन लिम्बू , चितवनमा गोविन्द पुरी, कैलालीमा बालनरसिंह राणा, सुर्खेतमा सुधीरराज शाही सरुवा हुनुभएको छ । यसअघि २०८१ फागुन १ को सरुवामा विभिन्न जिल्ला प्रहरीको प्रमुखमा पठाइएका कतिपय एसपी १४ महिनापछि फिर्ता भएका हुन ।

त्यही मितिमा सरुवा भएका कतिपय प्रहरी ५३ दिनदेखि ९–१० महिनामै सरुवा भएका थिए । आइजीपी थापाले सरुवा गर्दा सकेसम्म मापदण्डअनुसार गर्ने नीति लिनुभएको छ । यस्तै गणमा रहेका एसपीको पनि सरुवा गरिएको छ ।