काठमाडौं, बैशाख १६ । सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहले मन्त्रालयमा कार्यरत तीन जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरी पठाएको हो ।
गृह मन्त्रालयले सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पदस्थापन गरेको छ । यस्तै तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ भने रामेछापका राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै गृहका बद्रीनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा गरिएको छ । सो जिल्लाका नवराज जैसीलाई गृह मन्त्रालयमा तानिएको छ । यसैगरी गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्