जनता टाइम्स

१६ बैशाख २०८२, मंगलबार १५:३७

संसद सचिवालय पुग्यो राष्ट्रपतिले शुक्रबार संसदमा सम्बोधन गर्ने शीतल निवासको पत्र


काठमाडौं, बैशाख १६। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ शुक्रबारको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने पत्र शीतल निवासले संसद सचिवालयमा पठाएको छ ।

बैशाख १९ गते दिउँसो ३ बजे हुने संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई जानकारी गराएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने र त्यसका लागि सदस्यको उपस्थितिका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालयका सचिव डा. राप्रसाद घिमिरेले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई जानकारी गराएका हुन।