शाखा अधिकृत मोहिमान सिंह विष्टको हस्ताक्षर भएको पत्रलाई लिएर सर्वोच्चमै बिवाद देखिएको हो । कुनै पनि न्यायाधीशले चौधरीलाई थुनामा पठाउने फैसला नगरेको अवस्थामा बसरी त्यस्तो पत्र गयो भनेर सर्वाेच्चमा हंगामा भएको हो ।
काठमाडौं, बैशाख १७ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशमलाल चौधरीलाई पक्राउ गर्न पठाएको पत्रमै बिवाद देखिएको छ । सर्वाेच्च प्रशासनले बुधवार (आज) बिहान प्रहरीलाई पत्र पठाएको थियो ।
सर्वाेच्चको सो पत्र कार्यान्वयन गर्न प्रहरीले चौधरीलाई पार्टी एकताका लागि आयोजित कार्यक्रम स्थल कमलादीबाट पक्राउ गरी डिल्लीबजार कारागार बुझाइसकेको छ । प्रहरीले चौधरीलाई पक्राउ गर्नू भन्ने पत्र सर्वोच्चको मुद्दा तथा रिट शाखाले पठाएको बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिराज बोहराले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार सर्वोच्चको सो पत्र नेपाल प्रहरी र डिल्लीबजार कारागारसमेत पुगेको छ । सो पत्र आजै प्राप्त भएको हो ।
सर्वोच्चबाट गएको सो पत्रमा त्यहाँका शाखा अधिकृत मोहिमान सिंह विष्टको हस्ताक्षर छ । तर यो पत्रलाई लिएर सर्वोच्चमै बिवाद देखिएको हो । सर्वोच्चका कुनै पनि न्यायाधीशले चौधरीलाई थुनामा पठाउने भन्ने फैसला नगरेको अवस्थामा बसरी त्यस्तो पत्र गयो भनेर सर्वाेच्चमा हंगामा भएो हो । सर्वोच्चको मुद्दा शाखाले भने योगराज ढकाल (रिगल) को मुद्दामा २०८० कात्तिकमा गरेको फैसलामा टेकेर सो पत्र पठाएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्