जनता टाइम्स

१८ बैशाख २०८२, बिहीबार ०९:२१

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो, आज २० लाखभन्दा बढी श्रमिकले भरोसा पाएका छन : प्रधानमत्री ओली


काठमाडौं, वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा आलीले श्रम र श्रमिकलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रमिकको पसिनाले देश अघि बढेको बताउनुभएको छ । ‘देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।

श्रमिकको लागि सामाजिक सुरक्षाको कार्यक्रम सुरु गर्दा आफूले आलोचना सहनु परेको उल्लेख गर्दै ओलीले आज २० लाख भन्दा बढी श्रमिकले सो योजनाबाट भरोसा पाएका उल्लेख गर्नुभएको छ ।

‘श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्‍यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो, तर आज ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन्, अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ’, ओलीले लेख्नु भएको छ ।

यो कार्यक्रमले श्रमिकको सुरक्षामा योगदान पुगेको उहाँको धारणा छ । ‘छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन-श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदै छौँ, श्रमलाई सम्मान गरौँ श्रमिकलाई सम्मान गरौँ, जय श्रमिक, जय देश’, उहाँले लेख्नु भएको छ ।