जनता टाइम्स

१८ बैशाख २०८२, बिहीबार १५:३०

पेस्तोल डान्स गरेर भाइरल जसपा नेतृ बबी यादवसँग प्रहरीले लियो बयान, पेस्तोल बरामद


सर्लाही, बैशाख १८ । प्रहरीले पेस्तोल पड्काएर डान्स गर्ने जनता समाजवादी पार्टीकी नेतृ डा. बबी सिंह यादवसँग बयान लिएको छ ।

पेस्तोल पड्काउँदै डान्स गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनीसँग बयान लिएको हो । यस्तै उनले पड्काएको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले मलंगवा नगरपालिका-२का अन्जनी कुमारको घरबाट पेस्तोल बरामद गरेको हो । पेस्तोल सक्कली हो कि नक्कली अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।