काठमाडौं, बैशाख २१ । अमेरिकाको इ–डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकाको न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार राति पौने १० बजे) सन २०२६ को इ–डिभी लोटरीको नतिजा प्रकाशित गरिएको हो ।
अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले इ–डिभीको नतिजा अनलाइनमा हेर्न सकिने जनाएको छ । नयाँ विजेताहरुले आगामी अक्टोबर एकदेखि भिसा पाउन सुरु गर्नेछन । उनीहरूले सन २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नु पर्नेछ । अमेरिकी विद्यमान कानुनअनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरू स्वतः अयोग्य हुनेछन ।
गत वर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म इ–डिभी लोटरी भरेकाहरूले आफू छनोट भए नभएको हेर्न सक्नेछन् । इ–डिभी परे नपरेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
गतबर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । डिभी २०२६ का आवेदकहरुलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ ।
तपाईसँग कन्फर्मेशन नम्बर छ भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ । डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुपर्नेछ ।
डिभी परे नपरेको चेक गर्ने एकमात्र आधिकारिक माध्यम भनेको अमेरिकी विदेश मन्त्रालयको यो वेवसाइट नै हो । कतिपय ठगहरुले डिभी परेको भन्दै इमेल पठाउने र ठग्ने गतिविधिसमेत तीब्र भएकाले त्यसबारे सचेत हुन सावधान गराइएको छ ।
अमेरिकी बिदेश मन्त्रालयका अनुसार डिभीका लागि छनौट नभएमा तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।
अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ (सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।
डाइभर्सिटी भिसा लोटरी कार्यक्रम अध्यागमन र राष्ट्रियता ऐन द्वारा स्थापित गरिएको थियो, यसको समाप्ति वा परिमार्जन केवल संसदले बिल पारित गरेमामात्र सम्भव छ । सन् १९९५ देखि ५७ हजार भन्दा बढी नेपालीहरूले डिभी चिठ्ठा मार्फत ग्रीन कार्ड प्राप्त गरेका छन्, जुन अमेरिकामा रहेका सबै नेपाली ग्रीनकार्ड प्राप्तकर्ताहरूको २५ प्रतिशत भन्दा बढी हो । नेपालीहरूलाई विश्वभर डिभी लोटरीबाट ग्रीन कार्ड प्राप्त गर्नेहरूमध्ये शीर्ष स्थानमा रहेका छन।
प्रतिक्रिया दिनुहोस्