काठमाडौं, २१ वैशाख । आज सुनको भाउ बढेको छ । सुन तोलामा छ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उचारचढाव हुँदै आएको छ । यस्तै चाँदीको भाउ भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

प्रतिक्रिया दिनुहोस्