जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार १३:४१

औपचारिक रुपमै फुट्यो गैर आवासीय नेपाली संघ, घले समितिले आयोजना गरेको हरुवाहरूको ‘एकता महाधिवेशन’ ले छान्यो महेशको नेतृत्वमा नयाँ कार्यसमिति


काठमाडौ, बैशाख २१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) परमादेशबाट गठित समुहको ‘एकता महाधिवेशन’ले जापानका ब्यापारी महेश श्रेष्ठलाई अध्यक्ष छानेको छ । एनआरएनएको चुनावमा अध्यक्षका प्रत्यासी रहनुभएका श्रेष्ठ अदालतको परमादेशबाट पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा गठित उच्चस्तरीय समितिको बिश्वास जितेर बिभाजित समुहको सर्वसम्मत अध्यक्ष बन्नुभएको हो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उदघाटन गर्नुभएको सो ‘एकता महाधिवेशन’ मा एनआरएनएको निर्वाचित कार्यसमितिका अध्यक्ष डा. बद्रि केसीसहित कुनै पनि पदाधिकारी सहभागी भएनन । गत निर्वाचनमा हारेको समुह सहभागी भई काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिको बहुमतले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मती भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिको ६ जना उपाध्यक्षमा सुनिलकुमार साह, बुद्धिसागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बु (तिगेला) रहनुभएको छ भने महिला उपाध्यक्षमा जुनु गुरुङ छानिनु भएको छ ।

यस्तै महासचिव बाबुराम (बीआर) लामा, सचिव चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे र सचिव (महिलामा देवकी खत्री गुरुङ रहनुभएको छ । यसैगरी कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल र महिला संयोजका रश्मी थापा, युवा संयोजकमा भीमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली चयन हुनुभएको छ ।

त्यस्तै, ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद, क्षेत्रीय उपसंयोजकहरूमा एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक २ माधव पोखरेल र मीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीय उपसंयोजक २, सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजक २ विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजक २ रामप्रसाद कँडेल र प्रताप राना चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

उच्चस्तरीय समितिमा रहेका १३ मध्ये ६ जनाले निर्वाचन बहिष्कार गरेका छन । समितिमा रहेका घलेसहित ७ जनाले एनआरएनएलाई बैधानिक रुपमा बिभाजन गरी गत निर्वाचनमा पराजीत भएको समुहलाई मात्र सहभागी गराई नयाँ नेतृत्व चयन गरेको हो । कुनै पनि राष्ट्रिय कमिटीको अधिवेशन नै नगरी करिव ८०–९० हजार सदस्य संख्या देखाएर एकता महाधिवेशन गरिएको हो ।

एनआरएनको गत निर्वाचनमा पराजीत अध्यक्षद्वय महेश र आरके शर्माको समुह मिलर गराएको निर्वाचनमा यसअघि शर्माले आफैलाई अध्यक्ष घोषणा गर्नुभएो थियो । शर्मालाई साथ दिनुभएका महेशलाई अहिले शर्माले साथ दिनुभएको हो । एनआरएनएको निर्वाचित रहेको बैधानिक कार्यसमितिले आगामी अक्टोबर ११ देखि १४ तारिकसम्म काठमाडौंमा एकताको महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

‘बिचाराधीण मुद्दाको सन्दर्भमा पनि पटकपटक ूहेर्न नमिल्नेू बेञ्चमा परेका कारण प्रक्रिया अघि नबढेको र यसलाई काम गर्न बाटो खोलेको अर्थमा हेर्न नमिल्ने स्पष्ट पार्न चाहान्छौँ । परराष्ट्र मन्त्रालयले महान्यायाधिवक्तामार्फत सर्वोच्चमा पठाएको पत्रउपर सर्वोच्च अदालतले ‘हेर्न मिल्ने न्यायाधीशको इजलासु मा पेश गर्न शुक्रबार (२ मे २०२५ मा) बसेको इजलासले आदेश गरेको छ। आशा गरौँ, आगामी आइतबार २१ वैशाख २०८२ अर्थात ४ मे २०२५ मा सर्वोच्च अदालतले पनि परराष्ट्र मन्त्रालयको जस्तै एकताको वातावरण निर्माणका लागि सहयोग नै गर्छ । यसर्थ सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै अदालत र ताकुलदार मन्त्रालयलाई समेत छलेर हुने भनिएको अधिवेशन एकताको नभई फुटको भेलामा मात्रै सिमित हुनेछ,’ एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तले बिज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।